फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार प्रतिवादीलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो करिब १ बजेको समयमा भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट प्रकाउ गरेको हो।



प्रकाउ पर्नेमा लेकबेशी नगरपालिका– ३ बस्ने २३ वर्षीय जनक दर्लामीमगर रहेका छन्। प्रहरीले उनलाई छिन्चु बजारमा हिँडिरहेको अवस्थामा प्रकाउ गरेको हो। उनलाई प्रकाउका लागि सादा पोशाकमा प्रहरी टोली खटिएको थियो।

मगरलाई जिल्ला अदालत सुर्खेतको लागत नं.२४७६ मा पचास हजार जरिवाना तोकीएको छ। उनि चोरी मुद्दाको फरार रहेका थिए।
मगरलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुर्खेतमा बुझाएको छ।

तपाईको प्रतिक्रिया