वीरेन्द्रनगरमा वृद्धलाइ ठक्कर दिएर मोटरसाईकल फरार

सुर्खेत । वीरेन्द्रनगरको सिम्ताली चोकमा एक वृद्धलाई ठक्कर दिएर मोटरसाइकल लिएर चालक फरार भएका छन् । वीरेन्द्रनगर–८ सिम्ताली चोक नजिकै रहेको पुन्टे रेस्टुरेन्ट अगाडी सन्तबहादुर चन्दलाई मोटरसाईकलले ठक्कर दिएको हो ।



७२ वर्षीय चन्दलाई ठक्कर दिएर मोटरसाईलक फरार भएको छोरा धिरेन चन्द ठकुरीले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा सिम्ताली चोकको पूर्वबाट आइरहेको मोटरसाईकलले ठक्कर दिएको स्पष्ट देखिन्छ ।

सडक काट्दै गरेका चन्दलाई ठक्कर दिएर मोटरसाईकल नरोकिएर भागेको भिडियोमा देखिन्छ । २२० सीसीको नीलो रङ्गको पल्सर मोटरसाईलक रहेको धिरेनले बताए ।

उनकाअनुसार उक्त मोटरसाईकलको अगाडीको अक्षर नदेखिएपनि भे ५ प ९००५ नम्बर स्पष्ट देखिएको छ । उक्त माेटरसाइक कालिकाेट जिल्लाका भीमबहादुर शाहीको नाममा खरिद गरेकाे खुलेकाे छ ।

घाइते शन्तको ट्रमा कियरमा उपचार भइरहेको छ । फरार रहेको मोटरसाईलक खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया