सुर्खेत । सुर्खेतका विभिन्न स्थानमा प्रहरीले सचेतनामुलक कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बढ्दो बालविवाह बहु–विवाह र घरेलु हिंसा न्युनिकरण सम्बन्धि मंगलबार जिल्लाका विभिन्न ठाउँमा सचेतना फैलाइएको हो ।
एक दिने सचेतना मुलक कार्यक्रमको आयोजना गरि प्रहरीले स्थानिय नागरीकलाई बालविवाह बहु–विवाह र घरेलु हिंसाका बारेमा जानकारी दिएको छ ।


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका समुदायिक प्रहरी सेवा केन्द्र,अस्थायी प्रहरी पोष्ट मेहलकुना र अस्थायी प्रहरी पोष्ट बबईले बालविवाह र बहु–विवाह न्युनिकरण सचेतना र बढ्दो घरेलु हिंसा न्युनिकरण सम्बधी सचेतनामुलक प्रक्षिण कार्यक्रम सम्पन्न गरेका हुन् ।

नेपाल कर्म । २६ बैशाख २०८१, बुधबार १७:३८