
सुर्खेत । नेपाल वादोरियो कराते डो संघको कर्णाली अध्यक्षमा रमेशकुमार सापकोटा चयन भएका छन्। बुधबार सापकोटको अध्यक्षतामा डो संघको प्रदेश स्तरीय संघ गठन गरिएको हो।

उपाध्यक्षमा सन्तोस महत्तरा, सचिवमा, ज्ञानेन्द्र भण्डारी, कोषाध्यक्षमा सोनाम लामा सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यहरूमा अजय गुरूङ, लेखतबहादुर शाही, जनक चौधरी, यज्ञकुमार गिरी, धनबहादुर खत्री, निर्मल डाँगी, टिकाराम सिहं ठकुरी, पचंक ढकाल, कटकबहादुर शाही र रमेश खड्का चयन भएका छन्।

नयाँ चयन भएका संघका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन्।
नेपाल कर्म । २४ जेष्ठ २०८०, बुधबार १३:००