काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ।

पोखरा, १३ कात्तिक :
नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार पोखरा विमानस्थलमा स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : राधिका कंडेल/रासस
बुधवार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो। समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफलपश्चात सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको बताइन्।
उनले सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको र चाँडै राष्ट्रियसभामा पेश हुने बताइन्।


‘समितिमा लामो समय छलफल गरी सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको छ। यो ऐन सरकारले ल्याए पनि कार्यान्वयन भएको थिएन‚’ उनले भनिन्, ‘कर्जा दिने र लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भनेर कारोबार सुरक्षित विधेयक कार्यान्वयनको लागि पास गरेका छौँ।’
उक्त विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरुलाई सहज हुने भएको छ।

नेपाल कर्म । २६ बैशाख २०८१, बुधबार १६:०२