हराएकाे चार महिनापछि भेटियाे युवककाे शव

हुम्ला । हराएकाे चार महिनापछि एक युवककाे शव भेटिएकाे छ । हुम्लाकाे चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि वडा नम्बर ५ को नेप्का गाउँ जाने क्रममा बेपत्ता भएका विरजङ तामाङको युवक भेटिएकाे हाे ।



०८० पुस महिनाको ९ गते गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ जाने क्रममा तामाङ बेपत्ता भएका थिए । शव भेटिएका ३७ वर्षीय युवक चंखेली गाउँपालिका–५ का हुन् ।

उनकाे शव कृपु भिरको तल नदीको छेउमा फेला परेको प्रहरीले जनाएकाे छ । पालिका केन्द्रदेखि वडा नम्बर ५ को नेप्का जाने क्रममा हिडेका तामाङ बिच बाटोबाट बेपत्ता भएको परिवार स्राेतले जनाएको छ ।

बेपत्ता भएका तामाङको खोजीकार्यका लागि वडा नम्बर ५ का स्थानीय र मेल्छाम प्रहरीचौकीबाट खोजीकार्य गरेपनि नभेटिएको तामाङ आफन्त छक्कबहादुर तामाङले बताए ।

कर्णाली नदीको छेउमा चार महिनापछि शव फेला परेको तामाङको भनाई छ । माछा मार्न गएको केही युवाहरुले शव भेटाएको तामाङ आफन्त छक्कबहादुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया