
सुर्खेत । दोस्रो संस्करणको जीवन्त नेपाल म्युजिक अवार्ड २०८० मा जुम्लाका पदम रोकायाले ‘बेस्ट म्युजिक कम्पोजर’ अवार्ड जितेका छन्।

अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा पुस २३ गते काठमाडौंको राष्ट्रिय नाचघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं अग्रज संगीतकार शम्भुजित बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका हुन्।

०४६ माघ ८ गते कनकासुन्दरी गाउँपालिकामा जन्मेका रोकायाले १६ वर्षको उमेरमै आफ्नै शब्द, संगीत र स्वरमा ‘मेरी मायालु’, ‘जुम्ला कालीकोट’जस्ता गीतहरू बजारमा ल्याइसकेका थिए।
करिब आठ सयभन्दा बढी गीतमा संगीत, शब्द र स्वर भरेका रोकायाका ‘माया गर्ने जीवनसाथी’, ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, ‘मेरो दिलको राजा’, ‘तिम्ले घृणा गरे पनि’, ‘मुटुभित्र’, ‘धोका दिने धोके बाज’जस्ता दर्जनौँ गीत दर्शन–स्रोताले मनपराएका छन्।
कर्णाली कलाकार समाजको अध्यक्षसमेत रहेका रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५, म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल पावर न्युज म्युजिक अवार्ड २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५, रारा साहित्य प्रतिष्ठान स्रष्टा सम्मान २०७६ लगायत पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन्।
को हुन् रोकाया ?
वरिष्ठ संगीतकार पदम रोकायाको वि.स २०४६ साल माघ ८ गते कनका सुन्दरी जुम्लामा बुवा चन्द्रवीर रोकाया र आमा छुमकला रोकायाको कोखबाट जन्मिएका हुन्।
१६ बर्षको उमेरमै आफ्नै शब्द र संगीत र स्वरमा मेरि मायालु ,जुम्ला कालिकोट जस्ता चर्चित गितहरुबाट संगीत छेत्रमा उदाउनु भएको थियो ।
जुन गित अत्यन्त लोकप्रिय समेत भएका थिए।
संगीत र शब्दमा ख्याती कमाएका रोकाया एक कुशल गायक पनि हुन। करिब ८ सयभन्दा बढी गितहरुमा संगीत र शब्द र स्वर भरीसेका छन्।

रोकायाले माया गर्ने जीवन साथी, तिमी देखि टाढा, जिन्दगीमा तिमी थियौ, मेरो दिलको राजा, तिम्ले घृणा गरेपनी, मुटु भित्र, धोका दिने धोके बाज, जुम्ला कालिकोट जस्ता दर्जनौ सुपरहिट गितहरु बजारमा आजका दिनसम्म पनि उतिकै लोकप्रिय छ्न्।
कर्णाली कलाकार समाजको अध्यक्ष समेत रहेका रोकाया तत्कालीन सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९को आयोजक समिती अध्यक्षको भुमिका निर्वाह गर्दै नेपाली संगीतको उच्चपदमा समेत रहेर काम गरिरहेका छन्।
रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ द्वारा सम्मानित ,म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४,नेसनल पावर नुज म्युजिक अवार्ड,राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५ ,रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ आदि पुरस्कार सम्मानबाट सम्मानित भैसकेका छन्।
रोकाया विभिन्न अवार्डहरु जित्न सफल र सम्मान प्राप्त गर्ने हाम्रो कर्णाली प्रदेशकै पहिलो ब्याक्ती पनि हुन।
त्यसैले कनका सुन्दरी गाउँपालिकाको आयोजनामा र नेपाल पर्यटनबोर्डको सहकायमा भएको कर्णाली प्रदेश स्तरिय खस सिंजा महोत्सव २०७६ मा सम्मानित भयका हुन। दुर्गम जिल्लामा जन्मेर नेपाली गित संगीतमा चर्चा परिचर्चाको पात्र बनेका छन्।
नेपालको राजधानी काठमाडौमा लामो समय देखि सरकारी विद्यालय देखि संगीत विद्यालयसम्म संगीत शिक्षकको रुपमा संगीत सिकाउदै आइरहनु भयको छ। उहाँकै सृजना र संगीत शिक्षाले नेपालका सयौ चर्चित कलाकार उत्पादन गर्नु भएको छ।
त्यसैले रोकायालाई संगीतका गुरु भन्ने गरिन्छ। उहाँको कार्य कुशलताले नेपाली गित संगीत छेत्रमा ठुलो योगदान पुगेको छ।
२०६९ सालमा पदम रोकाया एकल साँझको समेत भब्यरुपमा आयोजना गरेका थिए। निष्ठुरी, परि, कर्णाली दुर्दशा,परि, मेरि मायालु, जुम्ला कालीकोट, प्रगति गितीसंग्रहहरू नेपाली सुगम संगीतको बजारमा अत्यन्तै चर्चामा छन्।
नेपाली गीत संगीत र साँस्कृतिको छेत्रमा अब्बल रोकाया अन्य विभिन्न संघ संस्थामा सल्लाहकार,सहयोगि हुदै सामाजिक कार्यमा पनि उनि सशक्त बन्दै अगाडी बढेका छन्।
नेपाल कर्म । २३ पुष २०८०, सोमबार १७:३३